April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १३:३६
तमोर नदीबाट लिफ्टिङ गरी धनकुटाकाे ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्याइँदै

धनकुटा – तमोर नदीबाट खानेपानी लिफ्टिङ गरी ताँखुवा, तेलिया र पेरेवादिनमा पुर्याउने गरी काम भइरहेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा पानी लैजान जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत काम भइरहेको हो ।

योजना अन्तर्गत ७० किलोमिटर पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको छ ।

सङ्घीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट १४ किलोमिटर खानेपानी लिफ्टिङ पूर्वाधारको काम भइरहेको र एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए । आयोजनाबाट सबैभन्दा धेरै ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्नेछ ।

खानेपानीको समस्याका कारण बसाइँसराइ बढेको हुँदा आयोजना सम्पन्न भएपछि बसाइँ सर्नेक्रम रोकिने अपेक्षा गरिएको वडा ४ का सचिव शङ्कर ओझाले बताए । २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ ।

अहिलेसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिए । समयमा बजेट उपलब्ध भए आउँदो असार मसान्तसम्म काम सकेर साउन–भदौदेखि खानेपानीको परीक्षण शुरु गर्ने पनि उहाँले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ १६, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।