भाइरल ज्वरोले ३ जनाको मृत्यु भएपछि र धेरैमा संक्रमण फैलिएपछि स्वास्थ्य मन्त्रालयले सोरु गाउँपालिकामा औषधिसहित चिकित्सक र जनस्वास्थ्यविदको टोली खटाएको छ ।
एक सातअघि सोरु गाउँपालिकाको पुरुमुरु र जिमामा भाइरल ज्वरो बाट ३ जनाको मृत्यु भएको थियो । तीन जनाको मृत्यु पनि भएको र धेरै जनामा संक्रमण फैलिएकाले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप उपचारसँगै विस्तृत अनुसन्धान गर्न टोली पठाएको हो ।
भाइरल ज्वरोले पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीय कृति छत्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको थियो । स्वास्थ्य टोली बुधबार दिउँसो भाइरल ज्वरो फैलिएका बस्तीमा पुगेको छ ।