July 19, 2024 | शुक्रबार, साउन ४, २०८१
सुचनाहरु
गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि कनकाई सर्पदंश उपचार केन्द्रमा १७७ जनाले लिए सेवा झापामा २ जना फरार प्रतिवादी पक्राउ राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु डा.माबोको `डोलीभर्ना´ शुक्रबार लोकार्पण हुँदै गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए

राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:१५
राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवाना सहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवाना सहित कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै कुमारी बैंकसँग गाभिएको एनसीसी बैंकलाई दुई पटक कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ । ‘प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम पाँच लाख जरीवाना गरिएको छ,’ नेपाल राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकलेकर्जाको पुरानो फाइल समेत खोजेर आफ्नो पदको दुरुपयोग गरेको श्रेष्ठलाई कारबाही गरेको हो । राष्ट्र बैंकले तत्कालीन एनसीसी बैंकलाई एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा दिएको, आवश्यकता अनुसार प्रोभिजन नगरेको र कर्जाको प्रिमियम दरमा परिवर्तन गरेकोले सचेत गराएको छ । ‘तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा सम्बन्धी एकीकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एक भन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा यस बैंकको निर्देशन विपरीत हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको छ ।’ राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको छ ।’

एनसीसी बैंकसँगै मर्जर भएको कुमारी बैंकले पनि राष्ट्र बैंकले सचेत गराएको छ । बैंकले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिएको जोखिममा रहेको कर्जामा पर्याप्त प्रोभिजन नगरेको कर्जाको जोखिम भार कम गणना गरेको राष्ट्र बैंकले जनाएको छ । ‘तत्कालीन कुमारी बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको हुँदा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेको देखिएकोले तत्कालीन कुमारी बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको छ’ राष्ट्र बैंकले भनेको छ ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेकोले नगद जरीवाना सहित कारबाही गरेको हो । प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले २०७९ साउन र भदौमा सीडी रेसियो कायम नगर्दा १ करोड ८४ लाख ७३३ रुपैयाँ नगद जरीवाना गराएको हो ।

यस्तै नेपाल बैंकले गत साउनमा सीडी रेसियो कायम गर्न नसक्दा १८ लाख ५९ हजार ७५२ रुपैयाँ नगद जरीवाना गराएको छ । यस्तै नबील बैंकले साउन, भदौ र असोजमा सीडी रेसियो उल्लंघन गर्दा ६ करोड ४६ लाख ४५ हजार ३३ रुपैयाँ नगद जरीवाना गरेको राष्ट्र बैंकले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले ४ करोड ४२ लाख ४६ हजार ८३१ रुपैयाँ नगद जरीवाना तिरेको छ । बैंकले २०७९ भदौ र असोजमा राष्ट्र बैंकले तोकको अनुपातमा सीडी रेसियो कायम नगर्दा उक्त जरीवाना तिरेको हो । कृषि विकास बैंकले ६९ लाख ५८ हजार ८३२ रुपैयाँ नगद जरीवाना गरेको छ । २०७९ भदौ महिनामा बैंकले राष्ट्र बैंकले तोकेको अनुपातमा सीडी रेसियो कायम गर्न नसक्दा उक्त जरीवाना तिरेको हो ।

हिमालयन बैंकले पनि ७१ लाख ७२ हजार ९५९ रुपैयाँ नगद जरीवान तिरेको छ । बैंकले पनि २०७९ भदौमा सीडी रेसियो तोकेअनुसार कायम गर्न नसक्दा राष्ट्र बैंकले कारबाही गरेको हो।

 

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्