May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं –रवि लामिछाने

  • Rashila Bhandari
  • आइतवार, माघ २१, २०८० १३:५६
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं –रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले सरकारलाई ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने मात्र नगरेर समाधानपत्र पनि दिने बताएका छन् ।

आज मेलम्चीबाट विकास आयोजनाहरुमा दबाब अभियान सुरु गर्दै उनले २१ विकास आयोजनामा पार्टीका सांसदको नेतृत्वमा दबाब अभियान सञ्चालन गर्ने र सरकारलाई समाधानपत्र बुझाउने बताएका हुन । दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विकासका सदस्य र स्वतन्त्र विज्ञहरु पनि सहभागी हुने र अन्तिममा ती आयोजना कसरी निर्माण हुन सक्छ भन्ने विषयमा समाधान पत्र सरकारलाई बुझाउने लामिछानेको भनाइ छ । ‘ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्ने काम गर्दैनौं, समाधानपत्र दिन्छौं’, उनले भने । यसअघि धेरै नेता र सांसदले आयोजनाहरुको निरीक्षण गरेको र सरकारलाई ज्ञापन पत्र बुझाएको तर त्यसले आयोजना छिटो पूरा हुन कुनै भूमिका निर्वाह नगरेको लामिछानेले बताए । उनले विकास आयोजनाहरु तोकिएको लागत र समयमा पूरा हुनैपर्ने भन्दै के कारणले आयोजनाहरु पूरा हुन नसकेका हुन् त्यसको खोजी गरिने बताए । मेलम्ची आयोजनाको दबाब अभियानमा रास्वपा सभापति लामिछानेको नेतृत्वको टोली आइतबार नै सिन्धुपाल्चोकतर्फ जाँदैछ । उनीहरु गाग्रीसहित मेलम्चीको मुहानतर्फ जाँदैछन् ।

सभापति लामिछानेले मेलम्चीमा अहिलेसम्म ६२ अर्ब रुपैयाँ खर्च गर्दा पनि अझै काठमाडौंमा पानी आउने निश्चित नभएको बताए ।

  • Rashila Bhandari
  • आइतवार, माघ २१, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।