May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ?

रवि लामिछाने विरुद्ध जाहेरी

  • Rashila Bhandari
  • सोमवार, माघ २२, २०८० १८:५९
रवि लामिछाने विरुद्ध जाहेरी

पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् ।

जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । पीडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका हुन् । पीडितको जाहेरी दर्ता भने भएको छैन । यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पीडितहरुले आइतबार नै जाहेरी दर्ता गर्न खोजेका थिए । तर प्रहरीले प्रक्रिया नमिलेको भन्दै फर्काएको थियो ।

बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र जीबी राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् ।

  • Rashila Bhandari
  • सोमवार, माघ २२, २०८० १८:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट