April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १४:५९
आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे माओवादीले सांसदलाई प्रशिक्षण दिने

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल गर्नु पूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरूलाई निर्देशन दिएको बताए ।

उनले सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल गराउन लागेको र सो बारेमा संसदमा छलफल गर्नु अगाडि दलका सांसदहरूलाई अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताए । उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताए ।

उनले बैठकमा अध्यक्ष दाहाल प्रचण्डले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायबारे आवाज उठाउन सदस्यहरूलाई निर्देशन दिए ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।