May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १७:0३
बालेनको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ ।

मेयर शाहको कार्यकक्षमा हिजो बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको नेतृत्व हुनेछ । यसलाई जनस्वास्थ्य विभागले कार्यान्वयन गर्नेछ । यसको प्रभावकारी कार्यान्वयनका लागि महानगरले निःशुल्क उपचारसम्बन्धी कार्यविधि २०८० जारी गरिसकेको छ ।

सेवा दिन र लिन सहज होस् भनेर समिति गठन गरेको भन्दै शाहले महानगरले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीले सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्ने बताए । प्रयोगमा आइसकेपछि प्रणालीको सबल र दुर्बल पक्ष थाहा हुने र सुधार गर्न सहज हुने उनको भनाइ छ ।

निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरले ‘फ्रीहेल्थ डट काठमाण्डौ डट जीओभी डट एनपी) वेब ठेगानामा प्रणाली विकास गरेको छ । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड सङ्ख्या कति छ, कति वटा खाली छन् भन्ने देखाउँछ । यस्तै कुन रोगको कति जनाले उपचार गराए, को कहिले भर्ना भए, कहिले डिस्चार्ज भए भन्ने विवरण उपलब्ध हुनेछ ।

सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका सिफारिसका आधारमा सेवा उपलब्ध हुने र यो सेवा देशभरिका नागरिकका लागि भएको महानगरले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।