sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:0३
सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् ।
क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दिर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो ।

क्यानडाविरुद्ध नेपालले संघर्ष गरिरहेका बेला आईसीसीद्धारा मान्यता प्राप्त खेलमा गम्भीर मुद्दाका दोषीको पक्षमा हुटिङ हुनुले नेपाली क्रिकेटले विभिन्न झमेलाको सामना गर्नुपर्ने स्थिति आउनसक्ने आंकलन गरिएको छ ।
लगातार विकेट गुमाएको नेपालले ३८ ओेभर ५ बलमा छैटौं विकेट गुमाएपछि दर्शकदिर्घामा रहेका क्रिकेट समर्थकहरुले ‘सन्दीपलाई न्याय दे’, ‘सन्दीप चाहियो’लगायतका नारा लगाएका थिए र ब्यानर बोकेका थिए ।
सन्दीपको पक्षमा नाराबाजी भएपछि नेपाल र क्यानडाका खेलाडीको समेत ध्यान भंग मात्र भएन, उनीहरुले खेल्न छाडेर बाहिर हेरिरहेका देखिन्थे । सन्दीपको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।

ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका खेलाडीको पक्षमा प्रदर्शन गरेका सात जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अन्य केहीले बोकेका ब्यानर समेत प्रहरीले खोसेको छ ।

यसरी गम्भीर आरोपमा दोषी ठहर भई सजाय समेत निर्धारण भइसकेका खेलाडीको पक्षमा प्रदर्शन हुनुले नेपाली क्रिकेटको भावी बाटोको सवालमा प्रश्नहरु उठेका छन् ।

आईसीसीले दिने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरसमेत नेपाल क्रिकेट संघले नपाउन सक्ने, यस्तै अन्य क्रिकेटिङ राष्ट्रहरू सुरक्षा अवस्था देखाउँदै नेपालमा क्रिकेट खेल्न आउन नचाहने लगायतका चर्चाहरु सामाजिक सञ्जालमा हुन थालेका छन् ।
अदालतले बलात्कारी ठहर गरिसकेको र दोषी ठहरिएका खेलाडी आफैँले पनि निर्दोष नठहरिएसम्म मैदान फर्कन्न भनिसकेको अवस्थामा क्रिकेट समर्थकको यस्तो प्रदर्शन किन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई गत पुष १३ गते बलात्कार मुद्दामा दोषि ठहर गरेको थियो ।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथि सात वर्ष कैद सजाय समेत निर्धारण गरिसकेको छ । सन्दीपविरूद्ध २०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।

सन्दीपले २०७९ भदौ ५ गते आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको गौशाला २६ अर्थात पीडित भनिएकी किशोरीको आरोप थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा थिए ।
सन्दीपको स्थानमा विहीबार सूर्य तामाङले खेलिरहेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर देखिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid