May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ

सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:0३
सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् ।
क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुमाउँदा दर्शक दिर्घाबाट सन्दीपको पक्षमा नाराबाजी भएको हो ।

क्यानडाविरुद्ध नेपालले संघर्ष गरिरहेका बेला आईसीसीद्धारा मान्यता प्राप्त खेलमा गम्भीर मुद्दाका दोषीको पक्षमा हुटिङ हुनुले नेपाली क्रिकेटले विभिन्न झमेलाको सामना गर्नुपर्ने स्थिति आउनसक्ने आंकलन गरिएको छ ।
लगातार विकेट गुमाएको नेपालले ३८ ओेभर ५ बलमा छैटौं विकेट गुमाएपछि दर्शकदिर्घामा रहेका क्रिकेट समर्थकहरुले ‘सन्दीपलाई न्याय दे’, ‘सन्दीप चाहियो’लगायतका नारा लगाएका थिए र ब्यानर बोकेका थिए ।
सन्दीपको पक्षमा नाराबाजी भएपछि नेपाल र क्यानडाका खेलाडीको समेत ध्यान भंग मात्र भएन, उनीहरुले खेल्न छाडेर बाहिर हेरिरहेका देखिन्थे । सन्दीपको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।

ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका खेलाडीको पक्षमा प्रदर्शन गरेका सात जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अन्य केहीले बोकेका ब्यानर समेत प्रहरीले खोसेको छ ।

यसरी गम्भीर आरोपमा दोषी ठहर भई सजाय समेत निर्धारण भइसकेका खेलाडीको पक्षमा प्रदर्शन हुनुले नेपाली क्रिकेटको भावी बाटोको सवालमा प्रश्नहरु उठेका छन् ।

आईसीसीले दिने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसरसमेत नेपाल क्रिकेट संघले नपाउन सक्ने, यस्तै अन्य क्रिकेटिङ राष्ट्रहरू सुरक्षा अवस्था देखाउँदै नेपालमा क्रिकेट खेल्न आउन नचाहने लगायतका चर्चाहरु सामाजिक सञ्जालमा हुन थालेका छन् ।
अदालतले बलात्कारी ठहर गरिसकेको र दोषी ठहरिएका खेलाडी आफैँले पनि निर्दोष नठहरिएसम्म मैदान फर्कन्न भनिसकेको अवस्थामा क्रिकेट समर्थकको यस्तो प्रदर्शन किन भन्ने प्रश्न समेत उठ्न थालेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई गत पुष १३ गते बलात्कार मुद्दामा दोषि ठहर गरेको थियो ।

न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथि सात वर्ष कैद सजाय समेत निर्धारण गरिसकेको छ । सन्दीपविरूद्ध २०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएका थिए ।

सन्दीपले २०७९ भदौ ५ गते आफूलाई होटलमा लगेर जबरजस्ती करणी गरेको गौशाला २६ अर्थात पीडित भनिएकी किशोरीको आरोप थियो । प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा थिए ।
सन्दीपको स्थानमा विहीबार सूर्य तामाङले खेलिरहेका छन् । तामाङ राम्रो स्पिन फ्याँक्न सक्ने भएपनि ब्याटिङ कमजोर देखिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट