April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:५0
१० वर्षीया बालिकाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारकी १० वर्षीया बालिकाको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल मानिएको ब्रेन ट्यूमरको सफल शल्यक्रिया भएको छ । दुई महिनादेखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै विस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट ओच्छ्यानमा बेहोस रहेकी १० वर्षीया दिपिका ऋषिदेबलाई उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा लगिएको थियो ।

बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिनेतर्फ ठूलो आकारको ब्रेन ट्यूमर भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । ‘बिरामीको बुबा आमाले विरामीको अवस्थाको कारण आश मारिसकेका थिए’ उपचारमा संलग्न प्रमुख न्यूरो सर्जन प्रा.डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोवेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याइएको थियो ।

आर्थिक अवस्था कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरुले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावकसँग छलफलपछि बिरामीको उपचार थालिएको थियो ।बिरामीको उपचारमा अस्पतालबाट छुट उपलब्ध गरिएको उनले बताए ।

शल्यक्रिया र उपचारमा संलग्न न्यूरो सर्जन डा. प्रमोद चौधरीका अनुसार बालिकाको शरीरको अंग चलाउने दिमागको भागमा ठूलो ट्यूमर पलाएको कारण शरीरको देब्रे भाग कमजोर भएको थियो । शल्यक्रियापछि विरामीको अवस्था ठिक भएको छ । देब्रे भाग अहिले अलि कमजोर भएकाले ‘रिहाविलिटेशन’ चलिरहेको चिकित्सकले बताए । विस्तारै सामान्य अवस्थामा आउने उनीहरुको भनाइ छ ।

डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखिरहने, उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै न्यूरोलोजी वा न्यूरोसर्जरीका चिकिसत्सकसँग सम्पर्क राख्नुपर्छ ।त्यस्ता बिरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुने उनले बताए । अहिलेको अवस्थामा न्यूरो सर्जरी सुरक्षित रहेको भन्दै डा. जोनाथानले न्यूरो सर्जरीको सफलता प्रतिशत ९० देखि ९७ प्रतिशतसम्म रहेको उल्लेख गरे ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १५:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।