April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:३४
संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन् ।
संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन् । सघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा दाहालले संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे छलफल गरेका छन् । बैठकमा सक्तारुढ गठबन्धन दलका नेता र मुख्यमन्त्रीहरु सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा)लगायत दलका नेताहरूको सहभागित रहेको थियो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनको विषयमा पनि छलफल भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । तर, अध्यक्ष चयनमा सत्ता नेतृत्व गरिरहेको दल माओवादीले चासो देखाउँदा सत्ता साझेदार दल कांग्रेसले दाबी गर्दै आएको छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ २५, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।