April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

प्रविधि प्रदर्शनीमा काठमाडौंले पठायो उत्कृष्ट १५ समूह

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:४५
प्रविधि प्रदर्शनीमा काठमाडौंले पठायो उत्कृष्ट १५ समूह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन का उत्कृष्ट १५ सोचलाई कम्प्युटर एशोसिएसन (क्यान) ले आयोजना गरेको सञ्चार तथा प्रविधि प्रदर्शनीमा सहभागी गराएको छ । प्रदर्शनी माघ २५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको थियो ।
सहभागी सोचहरुमा एक पटक केवाइसी (नो योर क्लाइन्ट) भरे पछि अन्यत्र त्यसैले काम गर्ने, सहरी सेवा प्रदायकहरुलाई एकै ठाउँमा खोज्न पाइने, पुनप्रयोग गरिने बस्तु, कपडा तथा अन्य सामग्रीबाट पुनःप्रयोगका सामान बनाउने, स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थलाई विक्री योग्य उत्पादन बनाउने खालका प्रविधिमा आधारित सोच र उद्यम थिए ।
प्रदर्शनीमा करिब १५० स्टल राखिएका थिए । ती स्टलमा प्रविधिका बढ्दो विकाससँगै बजारमा आएका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स सामान तथा यससँग सम्बन्धित प्रविधिको प्रदर्शन गरिएको थियो । कम्प्युटर, प्रिन्टर, कम्प्युटर एसेसरिज, सफ्टवेयरहरु, सुरक्षा प्रणाली सहित नवप्रवर्तनमा आधारित वस्तु तथा सामग्री प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीको अवलोकन गर्दै प्रवक्ता नविन मानन्धरले भने, हाम्रा दैनिक क्रियाकलाप प्रविधिमा आधारित भइसकेका छन् । उद्यम पनि अव प्रविधिमा आधारित नभइ सुखै छैन । यसकारण हामीले प्रविधिमा आधारित उद्यमलाई प्रबर्धन गरेका हौँ ।
सहरी समस्या समाधानका लागि हामीले सञ्चालन गरेको कार्यक्रमबाट छनोट भएका सोचहरुमा अवलोकनर्ताको चासो देखियो । सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, कार्यक्रमबाटे नतिजा आएको छ । यसबाट नविन सोचलाई प्रवर्धन गर्दा त्यसले समुदाय स्तरमा पहुँच पु¥याउँछ भन्ने सिकाइ भएको छ ।
असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी गरिसकेको छ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भनिन्, सोचकर्तालाई प्रदर्शनीबाट उद्यम विकासका लागि उत्प्रेरित गरेको छ । स्टलहरुबाट दैनिक ६० हजार रुपैयाँसम्मको व्यापार भएको छ । यो सुखद सुरुवात हो ।

के हो, काठमाडौँ मेट्रो आइडिया एण्ड इनोभेसन

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।
सहरमा भएका समस्याहरुलाई प्रविधिको प्रयोग गरेर समाधानका उपाय निकाल्ने, स्थानीय कच्चा पदार्थको प्रयोग गरेर विक्री योग्य उत्पादन गर्ने र ती उपाय तथा योजनालाई उद्यमका रुपमा विकास गर्न सकिने सोच आइडिया एण्ड इनोभेसनमा छनोट भएका छन् । यस्ता सोच भएका उद्यम सम्बन्धी सोचलाई लगानीकर्तासँग अन्तरक्रिया गराएर सोचलाई उद्यमका रुपमा विकास गराउन महानगरपालिकाले नेतृत्व गरिरहेको छ ।
यस्ता सोच सम्बन्धी आवेदन दिन २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरिएको थियो । यस सूचनाबाट जेठ १९ गतेसम्म आवेदन दिन समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिनको समय थप गरेर २९ गतेसम्म पु¥याइयो । यस अवधिमा ७८६ जनाले आवेदन दिएका थिए ।
आवेदनमध्ये प्रतिस्पर्धाका चरण पार गर्दै १०१ सोच छान्दा समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।
यी व्यक्ति तथा समूहबाट असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरियो । आयोगको तत्कालीन (थापाथली) बैठक कक्षमा ३ दिन चलेको सोच प्रस्तुतिमा सोकर्तालाई निर्णायक समक्ष सोच, यससँग प्रविधि र साझेदारसँगको सम्बन्ध, व्यावसायिक सम्भावना लगायत विषय प्रस्तुतिकरण गर्न लगाइएको थियो । ५ मिनेटको प्रस्तुतिपछि निर्णायकहरुले सोधेका प्रश्नहरुको जवाफ लिइएको थियो ।
यस पछि असोज महिनामा उत्कृट ५० का बिचमा बजारीकरण प्रदर्शनी गराइएको थियो । सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क (फास्ट ट्र्याकमा), सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइएको थियो । यसरी अन्तरक्रिया गराउनु स्पीड डेटिङ् विधि हो । यो विधिलाई ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट