April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति : राष्ट्रपति पौडेल

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:0७
गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति भएको बताएका छन् । उनले गुरुकुल शिक्षाले मौलिक संस्कृति र आफ्नो माटोको रक्षार्थ महत्वपूर्ण योेगदान गर्ने बताए ।

देवघाटधाममा सञ्चालित गार्गी कन्या गुरुकुलको सहयोगार्थ मंगलबारदेखि काठमाडौंको पाशुपत् क्षेत्रमा आयोजना गरिएको श्रीमद्भागवत् ज्ञान महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गार्गी गुरुकुल देशकै पहिलो कन्या गुरुकुलकोरुपमा सञ्चालन भएकोप्रति खुसी व्यक्त गरे ।

‘गुरूकुल एउटा वैज्ञानिक र व्यवहारिक शिक्षा पद्धति हो । यसबाट उत्पादन भएका विद्यार्थीहरूले मौलिक संस्कृति र माटोको रक्षार्थ महत्वपूर्ण भूमिका खेल्न सक्दछन् भन्ने लाग्दछ,’ उनले भने ।

उनले देशकै पहिलो कन्या गुरुकुलले गुरुकुलको बातावरणमा वैदिक ज्ञानसँगै अन्य विधाहरुमा समेत ज्ञान प्रदान गरेर उच्च शिक्षासम्मको पढाइका लागि सहयोग पु¥याउनुपर्ने बताए । ‘गुरुकुलको बातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट