April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित )

अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० 0९:४३
अपाङ्गमैत्री एटीएम सञ्चालन गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपामा बैङ्किङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको छ ।

यस्ता सेवाग्राही विशेष सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सचेत गराएको हो ।

केन्द्रीय बैंकले भनेको छ, ‘स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा एउटा एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने र अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयमले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।’

यसै व्यवस्था बमोजिम सेवा प्रवाह गर्न केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० 0९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।