November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको ओलीको दाबी

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:२२
गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको ओलीको  दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई नैतिकता नभएको मन्त्रीका रुपमा टिप्पणी गरेका छन् ।

पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्र केन्द्रित भएको बताए ।

‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने’, ओलीले भने, ‘दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री ।’ उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गरे ।

त्यस्तै अध्यक्ष ओलीले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको पनि दाबी गरे । गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको ओलीको भनाइ छ ।

‘हाम्रो समयमा गिरीबन्धु टि स्टेट प्रकरणमा कुनै प्रकारको लेनदेन र सट्टा पट्टा भएको छैन’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘अदालतले कानुन बनाउनु भनेकाले बनाएको मात्र हो ।’ अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएको भन्दै सुन प्रकरणमा पनि सरकारले त्यसै गरेको बताए ।

‘ललिता निवास काण्डमा फ्रम द भेरि विगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ?’, ओलीले भने, ‘वाइडबडीको गर्नुपर्‍यो नि छानबिन ।’ ओलीले टेरामक्स काण्डमा मन्त्रीहरु नै झण्डा हल्लाएर अख्तियारमा बयान दिइरहेपनि सरकारले बेवास्ता गरेको बताए । उनले सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागि रहेको आरोप लगाए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्