May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको अभिनय, भिडियोको चर्चा

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १६:३९
मानसराजको मुड फ्रेसमा आश्मा र सरोजको अभिनय, भिडियोको चर्चा

काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् । जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।

नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीत का गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् । उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका छन् । सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ४, २०८० १६:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।