sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माधव नेपाललाई ओलीको फोन: अब मिलेर जानुपर्छ

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २२, २०८० ११:३२
माधव नेपाललाई ओलीको फोन: अब मिलेर जानुपर्छ

एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार दिउँसो टेलिफोन संवाद गरेको सत्ता गठबन्धनका नेताहरूले जनाएका छन्।

नवगठबन्धनमार्फत् सहकार्यको प्रस्ताव अघि बढाउने क्रममा अध्यक्ष ओलीले पुरानो सत्ता गठबन्धन टुटेपछि एक्लिएका नेता नेपाललाई ‘स्वास्थ्य लाभको कामना’सहित नेकपा एसलाई नयाँ गठबन्धनमा स्थान दिनेबारे आफू सकारात्मक रहेको सन्देश दिएका हुन्।

‘कांग्रेससँगको गठबन्धन टुटेपछि माधवलाई के गर्ने होला! भन्ने एकखाले तनाब नै थियो। यसबारेमा प्रधानमन्त्रीजी र ओली कमरेडबीच कुराकानी नभएको होइन। तर, ओली कमरेडले नै माधव कमरेडसँग टेलिफोनमा कुराकानी गर्नुभयो,’ बालुवाटारमा सहभागी माओवादीका एक नेताले भने, ‘ओली कमरेडले माधव कमरेडलाई यसरी फोनमा कुराकानी गर्नु भनेको सकारात्मक सन्देश हो।’

प्रधानमन्त्री ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न कोटेश्वर जानुअघि ‘ओली–नेपाल’बीच टेलिफोन कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले पुष्टि गरेका छन्।

अध्यक्ष ओलीले ‘प्रचण्डको प्रस्तावमा आफू सहमत’ भएको सुनाउँदै नेपाललाई भनेका थिए, ‘माधव कमरेड तपाईंलाई स्वास्थ्य लाभको कामना छ। अहिले केहिबेररमा तपाईंकहाँ प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ, उहाँको प्रस्तावमा मेरो पनि सहमति छ। अब मिलेर जानुपर्छ।’

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २२, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid