July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:२३
इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु

लहान । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो ।

इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको समेत व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परी मजदुरको अङ्गभङ्ग हुने र ज्यानै समेत जाने गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्