November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सिंहदरबारमा चहलपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १५:४१
सिंहदरबारमा चहलपहल घट्यो, संसद्को कार्यसूची प्रभावित

काठमाडौँ । सत्ता गठबन्धनमा हेरफेर भई मन्त्रिमण्डल विस्तार जारी रहेकाले चलिरहँदा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम भएको छ ।

राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका कार्यालय र शीर्षनेताका निवासमा बढेपछि सिंहदरबारमा प्रायः लाग्ने भीडभाड पातलिएको छ । अन्य समयमा सिंहदरबार छिर्ने ढोकामा कार्यालय आउने र जाने समयमा प्रवेश पास जाँच गर्न सुरक्षाकर्मीलाई भ्याइनभ्याइ हुने गरेकामा त्यो भिड अहिले कम भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा विभागीयमन्त्री नहुँदा भेटघाट तथा नीतिगत निर्णय नहुने भएकाले चहलपहल कम भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले राजनीतिक हेरफेर र विभागीयमन्त्री नभएका कारण नीतिगत निर्णयहरू हाल नभएको बताए ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी ९जसपा०सँग सहयात्रा आरम्भ गरेपछि गरे । नयाँ गठबन्धन निर्माण भएसँगै तीन पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भए पनि मन्त्रालयको कार्यभार तोकिएको छैन ।

संसद्को कार्यसूची प्रभावित

सत्ता गठबन्धनमा हेरफेरसँगै सङ्घीय संसद्का कार्यतालिका पनि प्रभावित भएका छन् । यही फागुन २१ गतेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भई यही फागुन २४ गते बिहीबारका लागि निर्धारण गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बिहीबारको बैठकका विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको बताए । विभागीयमन्त्री नहुँदा अहिले संसदीय समितिका बैठक पनि प्रभावित भएका छन् । सार्वजनिक लेखा समितिको उपसमितिको बैठक भने बसिरहेको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १५:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्