sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अख्तियारले दर्ता गर्यो ३२ जना विरुद्ध वाइडबडी जहाज खरिद प्रकरणको मुद्दा

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १५:३४
अख्तियारले दर्ता गर्यो ३२ जना विरुद्ध वाइडबडी जहाज खरिद प्रकरणको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको बहुचर्चित वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणको मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

जहाज खरिद प्रक्रियामा सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरिएको जानकारी दिएका छन् । बिहीबार अभियोग पत्र विशेष अदालतमा दायर भएको छ ।

ती जहाज खरिदका क्रममा डेढ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३२ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो । प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले यो खरिद प्रकरणमा मुछिएका ३२ जनालाई प्रतिवादी बनाउँदै फाइल विशेष अदालतमा पठाएको थियो । तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहितलाई प्रतिवादी बनाइएको छ। २४ जना नेपाली र ८ विदेशी प्रतिवादी छन्।

यस्तै भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिराम पाण्डे, तत्कालीन सहसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, व्यवसायी निमानुरु शेर्पालगायत प्रतिवादी छन् । नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी जहाज खरिद गर्दा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको ठहर संसदको सार्वजनिक लेखा समितिले गरेको थियो।

जहाज खरिदमा भ्रष्टाचार भएको विषयमा तत्कालिन सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले २०७५ पुस तेस्रो साता बुझाएको प्रतिवेदनमा दुइटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष छ । उसले एयरबस र नेपाल वायुसेवा निगमको बीचमा खडा गरिएको हाइफ्लाई एक्स नामक कम्पनीबीचको अपारदर्शी कारोबार भएकाले त्यो खुलेमा अनियमितताको अंक थप स्पष्ट हुने औंल्याएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २२, २०८० १५:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid