सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको कमाण्ड श्यामलाल ज्ञवालीले सम्हालेका छन् ।
उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन । बिहानमात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन गर्न उनले दुवैलाई निर्देशन दिएका छन् ।
आयोगले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासहित थुप्रैलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।