May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:४४
पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ ।

खोटाङ प्रहरीका प्रवक्ता टिका बरालले दिएको जानकारी अनुसार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई रहेका छन् ।

उनीहरुलाई बुधबार नै म्याद थप गरिएको हो । गत मंसिर २६ गते किराँतीलाई खोटाङको हलेंसीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । हालसम्म प्रहरीले ३० जना पहिचानवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै उदयपुरबाट पक्राउ परेका अन्य २ जनालाई पनि म्याद थप गरिएको प्रहरीले जनाएको छ । अन्य ५ जना भने प्रहरीले थुनामुक्त गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ परेका छन् । प्रहरीले आज बिहान मात्रै भोजपुरबाट ९ जनालाई पक्राउ गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।