रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनाले नयाँ मोड लिएको छ ।
सालिनको परिवारले बलात्कार पछि हत्या भएको दावी गर्दै आएको हुदा मेडिकल रिपर्टमा सालिनको बलात्कार नभएको पाइएछि हाल हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।