May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज

‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:३५
‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक
  • डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक
  • विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक
  • विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश दिने खालको 

काठमाडौं ।।

डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।  “जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो, विवाह । विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ । विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नु जस्तै हो,” लेखक अधिकारी भन्छन्, “विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी । र, सहयात्रामा घरगृहस्थी अघि बढ्नु ।”

‘विवाहअगाडि विवाहपछाडि’ विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो । “यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान छ भन्ने मेरो विश्वास छ,” डा. अधिकारीले भने । यो पुस्तकले पाठकमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण गर्ने उनको विश्वास छ । विशेषगरी डा. अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवन यापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन् । यो पुस्तकमा भने उनले विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीको भनाइ छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।