माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीगत कारबाहीको विषय लिएर राखिएको बैठक निस्कर्ष विहिन टुङगिएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको पाइएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो । तर बैठकमा केही निर्णय हुन सकेन ।
बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने जानकारी दिएका छन् ।