May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो

अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १४:३८
अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरेर प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौंकी २९ वर्षीया सुनिता लामिछाने रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार ती यवतीलाई गोकर्णेश्वर नमूना बस्तीबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ती युवती फेसबुकमा ‘Joint Vision Traval and Tours Pvt.Ltd’ नामको फेसबुक पेज बनाएकी थिइन् । सोही पेजमा आफ्नो सम्पर्क नम्बर पनि राखेकी थिइन् । विशेषगरी सो पेजबाट विदेश जाने फ्लाइट बुक गरिदिने भनेर विज्ञापन आइरहेको हुन्थ्यो ।

विदेश जान सबै प्रक्रिया मिलिसकेकाले सोही पेजमा मेसेज गरेर वा फोन गरेरै टिकेट बुक गर्थे । यताबाट आरोपित लामिछानेले पनि टिकेट पठाउँथिन् । टिकेट लिएका पीडितहरू एयरपोर्ट पुग्दा जिल्ल पर्थे ।

“ती महिलाले नक्कली टिकेट पठाउने रहिछन्,” टेकपानासँग कुरा गर्दै एक अनुसन्धान अधिकारीले भने, “तर, एयरपोर्ट पुगेपछि टिकेट नै नक्कली फेला परेपछि हैरान हुने रहेछन् । कतिपयले इमर्जेन्सी टिकेट काट्ने भए, कतिपय भने फर्किने भए ।”

यसरी ठगी गर्ने गरेको भन्ने १० जनाको उजुरी परेपछि कार्यालयले अनुसन्धान थालेको थियो । त्यसैका क्रममा लामिछाने बागबजारबाट पक्राउ परेकी हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको कार्यालय जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १७, २०८१ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।