May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सहकारी पीडितका अगुवा कुशलब केसीको अवस्था नाजुक, सरकारमाथि दबाब

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १४:0८
सहकारी पीडितका अगुवा कुशलब केसीको अवस्था नाजुक, सरकारमाथि दबाब

काठमाडौं । आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरेलगत्तै तिनकुनेमा आमरण अनसन रहेका उनको स्वासथ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरुले बताएका छन् ।

‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनकारीले भने ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले सहकारी बचतकर्ताहरुको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी वचतकर्ताहरुको उठाएका मागहरु सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरुको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सरकारले विहीबार वार्ताका लागि आन्दोलनरत पक्षलाई सिंहदरबारमा बोलाएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट