May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की

अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२३
अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण

काठमाडौं ।

भर्खर किशोरावस्था पार गरि युवावस्थामा प्रवेश गरेका युवा प्रतिभा अनिस घिमिरेद्वारा अंग्रेजी भाषामा लिखित दोस्रो उपन्यास द स्टारडस्ट ईन अस लोकार्पण गरिएको छ । माईती घर स्थित सेण्ट जेभियर कलेजको सभा हलमा आयोजित एक औपचारिक कार्यक्रम माझ प्रोफेसर डा. अभि सुवेदी, प्रोफेसर ईन्द्र कार्की, प्रोफेसर राजन प्रसाद पोखरेल र सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा. अगस्टिन थोमसले उक्त कृतिको विमोचन गर्नुभएको हो ।

प्रोफेसर डा. अभि सुवेदीले स्टार डस्ट युवाको काल्पनिक शक्तीको उपज भएको बताउनुहुँदै बिषय वस्तु, पात्रहरुमार्फतको कहनी आदीले लेखक अनिस सन्तुलनमा रहेर उत्कृष्ट कृति पस्कन सफल रहेको उल्लेख गर्नुभयो । साथै उहाँले पढदै जाँदा अनिसको कौतुहलपुर्ण र सिर्जनसिल लेखनीले आफु बाधिएको र नेपालमा प्रकाशित हुँदै आएका अन्य उपन्यासको दाँजोमा अनिसको कृति अब्बल भएको आफुले पाएको बताउनुभयो ।

सो अवसरमा कृतिकार अनिस घिमिरेले जीवनको अर्थ पहिल्याउन दुई सजिव पात्र मार्फत पृथ्वीलाई मात्र हेर्ने परम्परा भन्दा फरक अर्थात तारा समेतलाई दृष्‍टिगोचर गरेर आफुले दोस्रो कृति रचना गरेको जनाउनुभयो । साथै उपन्यासकार घिमिरेले कलेज, अभिभावक र अन्य धेरैको सहयोगले आफु यस स्थानसम्म आई पुगेको स्मरणका साथ सबै प्रति आभार व्यक्त गर्नुहुँदै आफनो उपन्यास पनि समाजकै उपज भएको उल्लेख गर्नुभयो ।

प्रोफेसर राजन प्रसाद पोखरेलले लेखक अनिस घिमिरे आफनो सबैभन्दा मन पर्ने लेखक भएको बताउनुहुँदै घिमिरेको लेखनी विश्व स्तरको रहेको र आफुले समेत त्यति सशक्त शैलीमा लेख्न नसक्ने उल्लेख गर्नुभयो ।

सेण्ट जेभियर कलेजका प्रिन्सिपल फादर डा। अगस्टिन थोमसले आफुले अनिसलाई विद्यार्थीका रुपमा अभुतपूर्व रहेको पाएको र कलेजले पहिले पनि सम्मान गरिसकेको बताउनुहुँदै उनको यो कृतिले शिक्षासेवी सबैलाई प्रेरणा दिने बताउनुभयो।

कार्यक्रममा युवाहरुको प्रतिनिधित्व गर्दै सिवानी बज्राचार्य र अनुस्का घिमिरेले लेखक र कृतिको बिषयमा बोल्नुभएको थियो ।

लोकार्पण कार्यक्रममा अनिसका आफन्तजन, सहपाठी, साहित्यप्रेमी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सो अवसरमा सेण्ट जेभियरमा अध्ययनरत विद्यार्थी एवम् युवा श्रस्टाहरुले गायन तथा कवितामार्फत मनोरंजन दिलाएका थिए । २७१ पृष्‍ठको उक्त उपन्यासको प्रकाशन इन्डिगो इन्कले गरेको हो । उपन्यासको भाषा शैली र कथावस्तुमा मिठासपन रहेसँगै कृति उत्कृष्ट रहेको र युवाहरुसँगै अन्य उमेर समुहका लागि पनि पठनिय रहेको प्रकाशकको दाबी छ ।

  • साझा परिवेश
  • आइतवार, असार १०, २०८० १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।