April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १५:४९
तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिएको हो। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणालीमार्फत तरलता तानिरहेको छ। अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा र निक्षेप अनुपात –सिडी रेसियो) ७९.७१ प्रतिशत मात्र कायम छ। यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको छ।

जसकारण केन्द्रीय बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ्ग प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट