नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् ।
बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।
चौधरी नियमित कामको शिलशिलमा विदेश गएको पाइएको छ ।