May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

आज सुनको मूल्य घट्यो

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:३७
आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनँचादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ । हिजो मंगलबार एकैदिन २४ सय रुपैयाँ घटेको सुनको मूल्यमा आज ८ सय रुपैयाँ गिरावट आएको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ कायम गरिएको थियो ।

चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर एक हजार ४८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

मंसिर १८ गते अहिलेसम्मकै उच्च मूल्य कायम गर्दै रेकर्ड बनाएको सुनको मूल्य मंगलबारदेखि घट्न थालेको हो । त्यसदिन सुनको मूल्य तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

पछिल्लो समय विश्वका लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा मूल्य आकासिएको महासंघले जनाएको छ । यद्यपि, मंगलबारदेखि मूल्य घट्न थालेसँगै स्थानीय बजारमा सर्वसाधारण ग्राहकले राहत महसुस गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, मंसिर २०, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।