साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य बढेको छ।
गत साता शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबार सार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो। महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलाको १ हजार ५१५ रुपैयाँ कायम भएको छ।