June 22, 2025 | आइतवार, असार ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धितोपत्र बोर्डका अध्यक्षलगाएत अपराधीको कब्जामा छ सेयर बजार : सांसद यादव

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:१९
धितोपत्र बोर्डका अध्यक्षलगाएत अपराधीको कब्जामा छ सेयर बजार : सांसद यादव
  • धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप
  • सेयर बजार अपराधीको कब्जामा रहेको खुलाशा 
  • आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन्

काठमाडौं ।।

जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीपकुमार यादवले नेपाल धितोपत्र बोर्डका अध्यक्षले ‘आर्थिक अपराध’ गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा उनले धितोपत्र बोर्डका अध्यक्ष आर्थिक अपराधका मतियार भएको गम्भीर आरोप लगाए । धितोपत्र बोर्डका अध्यक्ष हाल रमेशकुमार हमाल छन् । तर, सांसद यादवले उनको नाम नलिईकन पद मात्र उल्लेख गरी आरोप लगाएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्षले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको उनले बताए । सेयर बजार अपराधीको कब्जामा रहेको उनको आरोप छ । “धितोपत्र बोर्डका अध्यक्षले अपराध गरेका छन् । उनले घाटामा जान लागेका र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएका छन्,” उनले भने, “आर्थिक अपराधका मतियार धितोपत्र बोर्डका अध्यक्ष हुन् । सेयर बजार अपराधीको कब्जामा छ ।”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट