sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

११ हजार जनतामाझ सर्लाहीमा ‘मेयर’ छायाङ्कन

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४४
११ हजार जनतामाझ सर्लाहीमा ‘मेयर’ छायाङ्कन

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए ।

खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

करिब एक महिनादेखि सर्लाहीको बागमती नगरपालिकामा फिल्मको छायाङ्कन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताए । फिल्म ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ । फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन् ।

फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

श्रष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दिपेन्द्र कार्यकारी निर्माता छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid