काठमाण्डौ – शेयर बजार आज पनि घटेको छ । यस अघि गएको मंगलवारदेखि बिहिवारसम्म लगातार घटेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन पनि घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १७ दशमलव शुन्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्ड बाहेकका समूहको शेयर घट्दा लघुवित्त समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमी हाड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लाग्यो ।
समग्रमा बजार घटेपनि आज बोटलसै नेपाल बालाजु र सर्बोतम सिमेन्टको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । आज ७० लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।