April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

ग्याँस लिक हुँदा २ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:२८
ग्याँस लिक हुँदा २ जनाको मृत्यु
  • बायोग्याँस लिक हुँदा दुई जना कामदारको मृत्यु
  • अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर ज्यान गयो 

 हङकङ ।।

हङकङको वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा रहेको एक निर्माण क्षेत्रमा बायोग्याँस लिक हुँदा दुई जना कामदारको मृत्यु भएको छ।याउमा तेइस्थित अस्टिन रोडमा रहेको उक्त निर्माण क्षेत्रको अन्डरग्राउण्डमा काम गरेका उनीहरूको निस्सासिएर मृत्यु भएको आशंका छ। दुर्घटनास्थल वरपर हाइड्रोजन सल्फाइडको दर उच्च रहेको बताइएको छ। प्रहरीले आइतबार बिहान करिब ७ बजे उनीहरूलाई बेहास अवस्थामा उद्धार गरेको थियो । उद्धारपछि क्वीन एलिजाबेथ अस्पताल पुर्‍याइएको उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको हो।

आइतबार बिहान अन्य कामदारले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। उनीहरू शनिबार उक्त स्थलमा जमिनमुनिको पाइपलाइन मर्मत कार्य गरिरहेका थिए। उनीहरूलाई आइतबार बिहान अग्निनियन्त्रकहरूले ६ मिटरको गहिराइबाट उद्धार गरेका हुन्। भूमिगत पाइपलाइनको लम्बाइ २०० मिटर रहेको छ। यो पाइपलाइन वेस्ट काउलुन कल्चलर डिस्ट्रिक्टमा वातानूकुलित प्रणाली आपूर्ति गर्ने प्रणालीको एक भाग हो। जसको मर्मत कार्यमा जुटेका कामदारको ग्याँस लिकका कारण मृत्यु भयो।

प्रहरीका अनुसार उद्धारकर्मीहरू त्यहाँ पुग्दा अस्टिन रोडको उक्त साइट दुर्गन्धले भरिएको थियो। पछिल्लो समय हङकङका निर्माण क्षेत्रमा दुर्घटनाको ग्राफ बढ्दै गएको तथ्यांकले देखाएका छन्। अघिल्लो महिना मात्र पनि निर्माण क्षेत्रमा धेरै दुर्घटना भएका थिए। जबकि अगस्टको एक शनिबार मात्र फरक-फरक दुर्घटनामा तीन जना कामदारको मृत्यु भएको थियो। एक सर्वेक्षणले यस वर्षको पहिलो त्रैमासिकमा मात्र निर्माण क्षेत्रमा १३ जनाको मृत्यु भएको देखाएको छ। यो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा झण्डै दोब्बर हो।

 

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।