त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनाका दोषी रविन लामा जेल चलान भएका छन्।
उक्त घटनामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामाविरूद्व आज जिल्ला अदालत काठमाडौंले कैद पुर्जी जारी गरेको हो। उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो।
गत मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उपप्राध्यापक चलाउने कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो।