सत्तारूढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले नेपालका सडकको भारवाहन क्षमता भन्दा गह्रौं र ठूला भारतीय ट्रकहरूका कारण सडक बिग्रिएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले नेपाली भारतीय ट्रकहरू निर्वाध रूपमा गह्रुंगा भारी बोकेर आउने कारण सडकमा क्षति पुग्ने बताएका हुन्। ‘भारतीय मालबाहक ट्रकका कारणले अस्वाभाविक रूपमा सडक भासिने गरेको छ। नेपाली ट्रकहरूको त्यति धेरै क्षमता छैन,’ उनले भने। यसले वर्षैपिच्छे सडकको बजेट बढाएको पनि सांसद पन्तले बताए।