March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे उपेन्द्र र महन्थ भेटवार्ता : होला त पार्टी एकीकरण ?

एका बिहाँनै दुखत खवर हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ 0९:0२
एका बिहाँनै दुखत खवर हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।

गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।

हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।

त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।

हात्ती आहारा खोज्दै भण्डारण गरिराखिएका अन्न खान गाउँ पसेको हो। छावा हात्ती घरभित्र पस्ने र उक्त छावालाई बाहिर निकाल्न माउ हात्तीले घर भत्काउने गरेको स्थानीयले बताए।

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ 0९:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट