August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एकीकृत समाजवादीले राख्यो शर्त

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० ११:0७
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एकीकृत समाजवादीले राख्यो शर्त

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

जसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठ डाकिएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्नेछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। १ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ। एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच मुख्यमन्त्रीलाई विश्वासको मात दिने सहभति भएको भनिएको छ।

तर, एकीकृत समाजवादीले एकीकृत समाजवादीले बागमती वा कोशीमा मुख्यमन्त्री पाउनुपर्ने माग गरिरहेको छ। कोशीमा एकीकृत समाजवादीको ४ सीट छ भने बागमतीमा सात।

  • साझा परिवेश
  • सोमवार, चैत्र १९, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट