May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

विश्वविद्यालय एक महिना देखि तालाबन्दीमा

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:0९
विश्वविद्यालय एक महिना देखि तालाबन्दीमा

चितवन ।।

  • विश्वविद्यालयमा ताला लगाएको एक महिना पुग्यो
  • जेठ १२ गतेदेखि अर्को ताला थपियो
  • विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन्
  • ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे
  • सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप अर्को ताला
  • राजनीतिकरण नै अहिलेको मुख्य समस्या भएको

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना पुग्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपियो ।

विभिन्न १२ बुँदे माग राखेर आन्दोलन गरेका उनीहरुले विश्वविद्यालको केन्द्रीय कार्यालयको मूल गेटमा नै ताला लगाएका छन् भने विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन् । विश्वविद्यालको केन्द्रीय कार्यालय, संकाय बन्द गरिए पनि परीक्षा नियन्त्रण कार्यालय भने खुला नै थियो । विद्यार्थीहरुको परीक्षा र पढाइ सम्वन्धी कामकाज रोक्न नहुने भन्दै आन्दोलनकारीहरूले परीक्षा नियन्त्रण कार्यालय भने खोल्न दिएका थिए ।

अखिल क्रान्तिकारीले ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे । यो सहित विश्वविद्यालयमा तालाबन्दीको संख्या ३ पुगेको छ । विभिन्न ७ सूत्रीय माग राखेर भरतपुर महानगरपालिका वडा नं. १५ र १६ का केही स्थानीयहरु आएर विश्वविद्यालयमा तालावन्दी गरिदिएपछि परीक्षा नियन्त्रण कार्यालयबाट हुने कामकाजसमेत ठप्प भएको छ ।

स्थानीयले श्याम अधिकारीको नेतृत्वमा कृषि तथा वन विश्वविद्यालय सुधारको लागि पहल समिति गठन गरेका छन् । सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप आफूहरुले तालाबन्दी गरेको संयोजक अधिकारीले बाए ।

विश्वविद्यालय पहल सुधार समितिले टाँसेको विज्ञप्तिमा विश्वविद्यालयको साख दिनप्रतिदिन गिर्दै जानुमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी लगायतका पदाधिकारीहरुको मुख्य भूमिका भएको उल्लेख छ । विश्वविद्यालय भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाउँदै उनीहरुले बेला-बेलामा हुने अख्तियारको छापा, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको आन्दोलन र तालाबन्दीले प्रष्ट पारेको विज्ञप्तीमा उल्लेख छ ।

विश्वविद्यालय पहल सुधार समितिका संयोजक श्याम अधिकारीले विश्वविद्यालयका पदाधिकारीबाट नै अनैतिक हर्कतहरु हुँदा रामपुरको नै बेइज्जत भएको बताए । उनले रामपुर भनेर परिचय दिन पनि लाज मान्नुपर्ने अवस्था आएको बताए । विश्वविद्यालय अनुसन्धान र प्रसारको अनुपम थलो हुनुपर्नेमा किसानले जति पनि उत्पादन गर्न नसकेको, प्राध्यापकहरु, कर्मचारीहरु र विद्यार्थीहरुको अनावश्यक राजनीतिकरण नै अहिलेको मुख्य समस्या भएको उनले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट