sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विश्वविद्यालय एक महिना देखि तालाबन्दीमा

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:0९
विश्वविद्यालय एक महिना देखि तालाबन्दीमा

चितवन ।।

  • विश्वविद्यालयमा ताला लगाएको एक महिना पुग्यो
  • जेठ १२ गतेदेखि अर्को ताला थपियो
  • विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन्
  • ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे
  • सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप अर्को ताला
  • राजनीतिकरण नै अहिलेको मुख्य समस्या भएको

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना पुग्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपियो ।

विभिन्न १२ बुँदे माग राखेर आन्दोलन गरेका उनीहरुले विश्वविद्यालको केन्द्रीय कार्यालयको मूल गेटमा नै ताला लगाएका छन् भने विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन् । विश्वविद्यालको केन्द्रीय कार्यालय, संकाय बन्द गरिए पनि परीक्षा नियन्त्रण कार्यालय भने खुला नै थियो । विद्यार्थीहरुको परीक्षा र पढाइ सम्वन्धी कामकाज रोक्न नहुने भन्दै आन्दोलनकारीहरूले परीक्षा नियन्त्रण कार्यालय भने खोल्न दिएका थिए ।

अखिल क्रान्तिकारीले ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे । यो सहित विश्वविद्यालयमा तालाबन्दीको संख्या ३ पुगेको छ । विभिन्न ७ सूत्रीय माग राखेर भरतपुर महानगरपालिका वडा नं. १५ र १६ का केही स्थानीयहरु आएर विश्वविद्यालयमा तालावन्दी गरिदिएपछि परीक्षा नियन्त्रण कार्यालयबाट हुने कामकाजसमेत ठप्प भएको छ ।

स्थानीयले श्याम अधिकारीको नेतृत्वमा कृषि तथा वन विश्वविद्यालय सुधारको लागि पहल समिति गठन गरेका छन् । सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप आफूहरुले तालाबन्दी गरेको संयोजक अधिकारीले बाए ।

विश्वविद्यालय पहल सुधार समितिले टाँसेको विज्ञप्तिमा विश्वविद्यालयको साख दिनप्रतिदिन गिर्दै जानुमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी लगायतका पदाधिकारीहरुको मुख्य भूमिका भएको उल्लेख छ । विश्वविद्यालय भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाउँदै उनीहरुले बेला-बेलामा हुने अख्तियारको छापा, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको आन्दोलन र तालाबन्दीले प्रष्ट पारेको विज्ञप्तीमा उल्लेख छ ।

विश्वविद्यालय पहल सुधार समितिका संयोजक श्याम अधिकारीले विश्वविद्यालयका पदाधिकारीबाट नै अनैतिक हर्कतहरु हुँदा रामपुरको नै बेइज्जत भएको बताए । उनले रामपुर भनेर परिचय दिन पनि लाज मान्नुपर्ने अवस्था आएको बताए । विश्वविद्यालय अनुसन्धान र प्रसारको अनुपम थलो हुनुपर्नेमा किसानले जति पनि उत्पादन गर्न नसकेको, प्राध्यापकहरु, कर्मचारीहरु र विद्यार्थीहरुको अनावश्यक राजनीतिकरण नै अहिलेको मुख्य समस्या भएको उनले बताए ।

 

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid