नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गरेको छ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद् प्रतिमा गौतमलाई बोल्न समय दिए। सत्यतथ्य अनुसन्धान र छानबिनको माग गर्दै उनले सत्ता साझेदार दलको सभापतिलाई जोगाउन सरकार लागेको आरोप लगाइन्।
सरकार र सत्ता साझेदार दलका नेताहरू आफैँ न्यायाधीश र आफैँ अदालत बनेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को रोष्टममा उभिएर आफू अनुकुल फैसला सुनाएको बताए।