April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री

‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३५
‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह
काठमाडौं ।

बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।”

सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्नुपर्ने पनि सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रमा मैले सामुदायिक विद्यालयको लागि प्रशस्तै लगानी गरेको छु । आउने दिनमा पनि विश्व निकेतनलगायत अन्य स्कुलको सुधारको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालय सुधारको लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा मात्रै २२ करोड रुपियाँ लगानी गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयको स्तर उकास्न पुस्तकालय, प्रयोगशाला लगायत सूचना प्रविधिको विस्तारमा लगानी गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विद्यालयको लागि छुट्टाएको तीन करोड रुपियाँको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि मन्त्रालयले चार करोड रुपियाँ छुट्टाएको भए पनि टेन्डर प्रक्रियामा जाँदा तीन करोड रुपियाँमै निर्माण गर्न ठेकेदारले कबुल गरेका हुन् ।

उक्त भवनमा १४ वटा कोठा हुनेछ । ती कोठालाई प्रयोगशाला तथा सूचनाप्रविधको विस्तारमा प्रयोग गरिनेछ । विश्व निकेतन पछिल्लो समय विद्यार्थीको उच्च आकर्षण भएको सामुदायिक विद्यालयको रूपमा परिचित छ । यहाँ हाल चार हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी पढिरहेको सहायक प्रधानाध्यापक केदार दाहालले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट