बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ।
मंगलबार विहान एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन्। सात दिनभित्र मन्त्रालयको जिम्मेवारी तोकिने प्रतिबद्धता मुख्यमन्त्रीले जनाएको मन्त्री आलेको भनाइ छ।