September 29, 2023 | शुक्रबार, अशोज १२, २०८०
सुचनाहरु
श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित एमाले अधिवेशनको तयारी मै विवाद आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य कोसी सरकारको सार्वजनिक बिदासहित ६ निर्णय सार्वजनिक नियम उल्लंघन गर्ने ३५० हेलिकप्टरलाई उडानमा रोक लगाइयो एसियाली खेलकुद : महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेले गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे ३ दिने ‘चेयरपर्सन क्लब’ कार्यक्रम भव्य रुपमा सम्पन्न इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा (फोटो फिचर) अध्यक्ष लिङ्देन कतार प्रस्थान प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन पशुपति जलहरी प्रकरणको मुद्दा दर्ता गरिँदै गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित) राप्रपाका अध्यक्ष लिङ्देन कतार प्रस्थान विवाहको रत्यौली भन्दा कम छैन शिक्षक आन्दोलन क्रिकेटर भीम सार्कीलाई फिनिक्स कलेजले दियो स्नातक अध्ययन गर्न पूर्ण छात्रवृत्ति डाक्टरहरुको प्रदर्शन जारी संविधानले व्यवस्था गरेको बाँकी कुरा कार्यान्वयनमा ल्याउनु पर्ने छ : सभामुख घिमिरे गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

सन्दीप लामिछानेसम्बन्धी दुबै निवेदनको सुनुवाइ

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२0
सन्दीप लामिछानेसम्बन्धी दुबै निवेदनको सुनुवाइ

नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा आज इजलासको सुरूमै सुनुवाइ गर्न लागेको सर्वोच्च अदालतले जनाएको छ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।

मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७ ले तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा प्राप्त प्रमाणले कसुर गरेकै देखियो भने थुनामा पठाउने स्पष्ट कानुन छ। १६ देखि १८ वर्षसम्मका बालिकामाथि बलात्कार गरेको कसुरमा १२ वर्षसम्म कैद सजाय हुन्छ। यो मुद्दामा पीडितको उमेर १७ वर्ष छ।

‘उक्त दफा ६७ बाहेकको अवस्थामा मात्र अदालतले अभियुक्तसँग धरौट वा जमानत लिने वा तारेखमा राख्न सक्ने स्पष्ट विधायिकी कानुन रहेकोमा थुनाको विकल्प उदार हुनुपर्ने भनी आफूलाई प्राप्त अधिकार क्षेत्रभन्दा बाहिर गई विधायिकी मनसायविपरीत अभियुक्तलाई धरौट माग गर्ने गरी भएको उक्त आदेश बेरीतको हुँदा बदरभागी छ,’ निवेदनमा उल्लेख छ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने जिकिर गर्दा सर्वोच्च अदालतले प्रतिपादन गरेका दुई नजिर उद्धृत गरेको छ।

तीमध्ये निर्णय नम्बर ८२०२ मा भनिएको छ– थुनछेकलाई निषेध गर्ने हो भने कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान प्रक्रिया नै सञ्चालन गर्न सकिँदैन। त्यसरी नै शंकित आरोपित समाजमा खुला रूपमा हिँड्न सक्ने भई समाजले नै असुरक्षित महसुस गर्नुपर्ने तथा प्रमाण नष्ट गर्न सक्ने उच्च सम्भावना रहन जानुका साथै कतिपय अवस्थामा त्यस्ता अभियुक्तहरूको जीउ ज्यान नै खतरामा पर्न सक्ने हुन जान्छ।

यी दुवै नजिरविपरीत उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छोड्नु त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको जिकिर थियो।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट