नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ स्थित ‘लाफा’ खाजा घरका सञ्चालक उदयपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने २३ वर्षीय नविन कुमार मगर रहेका छन्।
उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो।