sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१
शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताएका हुन् । ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नुहुन्न,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर बसेको उनले बताए । ‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुसी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न्। उहाँकै अगाडि बोल्छु भन्ने थियो। उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नुभएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको उनको आरोप छ । ‘कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थीसम्बन्धी कार्यविधि जारी गर्नुभएको छ। यो सरकारी कर्मचारीमाथि अविश्वास हो,’ बस्नेतले भने ।

उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए। सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid