March 29, 2025 | शनिबार, चैत्र १५, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम

शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१
शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताएका हुन् । ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नुहुन्न,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर बसेको उनले बताए । ‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुसी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न्। उहाँकै अगाडि बोल्छु भन्ने थियो। उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नुभएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको उनको आरोप छ । ‘कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थीसम्बन्धी कार्यविधि जारी गर्नुभएको छ। यो सरकारी कर्मचारीमाथि अविश्वास हो,’ बस्नेतले भने ।

उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए। सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट