May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१
शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताएका हुन् । ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले छात्रवृत्ति ओगट्ने र लक्षित वर्गले नपाएको देख्नुहुन्न,’ उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरेर बसेको उनले बताए । ‘शिक्षा मन्त्री अघि यही हुनुहुन्थ्यो मलाई खुसी लागेको थियो तर अहिले उहाँ हुनुहुन्न्। उहाँकै अगाडि बोल्छु भन्ने थियो। उहाँले कुनै अमुक विद्यालयको मात्रै प्रचार गरिराख्नुभएको छ,’ उनले भने ।

मन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको उनको आरोप छ । ‘कसरी चोर बाटोबाट कर्मचारी भर्ना गर्न सकिन्छ भन्ने मात्र ध्यान उहाँमा रहेको छ, त्यसैले हालै प्रशिक्षार्थीसम्बन्धी कार्यविधि जारी गर्नुभएको छ। यो सरकारी कर्मचारीमाथि अविश्वास हो,’ बस्नेतले भने ।

उनले इन्टर्नसम्बन्धी कार्यविधि खारेज हुनुपर्ने बताए। सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारको ध्यान जानुपर्ने बस्नेतले बताए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।