May 30, 2025 | शुक्रबार, जेष्ठ १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेकपा एमाले झापाको नयाँ नेतृत्वद्वारा शपथग्रहण

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० 0७:४३
नेकपा एमाले झापाको नयाँ नेतृत्वद्वारा शपथग्रहण

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएको १४९ सदस्यीय कमिटीले शपथग्रहण गरेको छ ।

जिल्ला पार्टी कार्यालय बिर्तामोडमा हिजो आयोजित कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरू र लेखा समितिका पदाधिकारी सदस्यहरूले शपथग्रहण गरेका हुन् । उनीहरूलाई निर्वाचन अधिकृत टङ्क दंगालले शपथ गराएका छन् ।

निर्वाचन अधिकृत टङ्क दंगालले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर गिरीसहित सबै पदमा निर्विरोध निर्वाचित १४९ सदस्यीय कमिटीको घोषणा घोषणा गरेका थिए । उपाध्यक्षमा शिव ढुङ्गेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।

पाँच पदाधिकारी , १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसङ्ख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् । १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनीत गर्ने छ ।

घोषणा तथा शपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, विशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जल वर्षा राजवंशी लगायतले मन्तव्य राखेका थिए । अधिकांश नेताहरूले झापाले सर्वसम्मत गरेर देश व्यापारी सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरूको भनाई थियो ।नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता मन्तव्य राख्दै जनताको आँत हाँस्ने गरी काम गर्न जिल्ला कमिटी जिम्मेवार पूर्वक लाग्ने बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २३, २०८० 0७:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट