May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १५:३५
पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने
  • निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्ने 
  • १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्ने
  • पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्ने

काठमाडौं ।।

उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो ।

जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ । विभागले उद्योगी व्यवसायी संघ मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेश गर्न भनेको छ ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्नेछ । यस्तै भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आवको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाण पत्र पनि विभागमा पेश गर्नुपर्छ ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ ।

अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्‍कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट